• बिहिबार, भाद्र २५ २०८३

नेपाल र बंगलादेश सेमिफाइनलमा भिड्दै


आइतबार, पुष १० २०७९
640
Shares

काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल लगातार तीन खेलमा पराजित भए पनि सेमिफाइनलमा स्थान बनायो।

लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो।

दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन्। पराजित टोली कास्य पदकको लागि पुनः खेल्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार