• बुधबार, साउन २० २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान !


आइतबार, पुष १० २०७९
2.6K
Shares

देशका केही स्थानको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

अहिले बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार