गोरखा नगरपालिका वडा नं ६ स्थित पदेली धारा नजिकै किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ ।
गोरखा ठुलो आँगन निवासी श्रीमती कृष्णदेवी श्रेष्ठको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । श्रेष्ठको १८ लाख ६९ हजार लागतमा दुई तल्ले किरियापुत्री आवासीय भवन निर्माण गरिएको समिति कोषाध्यक्ष दिपकबाबु श्रेष्ठले बताए । न्यूनतम शुल्क निर्धारण गरेर भवन संचालनमा ल्याउने तयारी छ ।
यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो । यस क्षेत्रमा किरियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडा बस्नेलाई काजकिरिया गर्न समस्या परेको थियो । राजुबाबु श्रेष्ठको समन्वयमा भवन निर्माण भएको हो ।
भवन निर्माण समिति अध्यक्ष जोशीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए ।