• शनिबार, साउन ९ २०८३

एकै दिन ३ जिल्लामा भेटिए ७ जना कोरोना सक्रमित


शनिबार, बैशाख २७ २०७७
795
Shares

नेपालमा थप ७ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ। 

याेसँगै नेपालमा  संक्रमितकाे  संख्या १०९ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) र कोसी अस्पताल (विराटनगर) का प्रयोगशालामा गरिएका परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती थप ७  संक्रमितमा उदपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष र वीरगन्ज छपकैयाका ६२ वर्षका पुरुष छन्।  हालसम्म सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार