• बुधबार, साउन २० २०८३

अमेरिकी डलरको भाउ लगातार घट्यो, अष्ट्रेलियनको बढ्यो


शुक्रबार, पुष ८ २०७९
1.4K
Shares

नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (शुक्रबार) अमेरिकी डलरको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ।

आज अमेरिकी एक डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्री दर भने १३२.७३ रूपैयाँ रहेको छ।  यो हिजो बिहिबारको तुलानमा केही कमि हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.३८ रुपैयाँ रहेको छ। बिहिबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो। 

यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रूपैयाँ ६ पैसा र बिक्री दर ८९ रूपैयाँ ४७ पैसा रहेको छ। यो पनि बिहिबारको तुलनामा केही बढी हो।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९.८६ रुपैयाँ रहँदा बिक्री दर ३० रुपैयाँ रहेको छ।

कतारी रियाल १ को खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा रहेको छ।

हेर्नुहोस् अन्य मुद्राको विनियम दर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार