• मंगलबार, असोज १३ २०८३

थप १ जनालाई देखियाे कोरोना संक्रमण, संक्रमित संख्या १ सय २ पुग्याे


शुक्रबार, बैशाख २६ २०७७
875
Shares

नेपालमा थप १ जनामा कोरोना संक्रमण भेटिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो। 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय युवामा पोजिटिभ देखिएको बताए।

योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ। नेपालमा भने जम्मा संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार