• बिहिबार, साउन २१ २०८३

नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले ?


बिहिबार, पुष ७ २०७९
1.1K
Shares

नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। 

सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जानकारी दिएको छ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 

पुस १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार