काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ ।
शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १२ हजार ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।
बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ भने ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् ।