• शुक्रबार, साउन २२ २०८३

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध


आइतबार, पुष ३ २०७९
1.3K
Shares

गाेरखा । तनहुँको आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिएको छ ।

आइतबार बिहान करिब १० बजेतिर आँबुखैरेनी २ खानिखोलामा सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हाे । सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो ।

खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अहिले अहिले साना गाडीहरू पास भइरहेका छन् । खाल्डोमा माटो राखेर पुर्ने काम भइरहेको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ ।

पृथ्वीराजमार्ग आँबुखैरेनीको खानीखोलामा सडक भासिएर अबरुद्ध भएको हुँदा मर्स्याङदी ड्याम याङकोट हुदै आँबुखैरेनी निस्कने बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार