• शनिबार, साउन ९ २०८३

काेशी अस्पतालमा उपचाररत थप ८ जनाकाे रिपाेर्ट नेगेटिभ, भाेली डिस्चार्ज हुँदै


बिहिबार, बैशाख २५ २०७७
1.1K
Shares

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।

भुल्केमा २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

एक महिलासहित आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

उनीहरुमा तीन पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार