• बिहिबार, साउन २१ २०८३

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने


आइतबार, पुष ३ २०७९
905
Shares

गोरखा। प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसँगै मनकामना बजार क्षेत्रकाे हरेक पसलमा आर्थिक कारोबार गर्दा क्यूआर कोडबाट हुने भएको छ ।

शुक्रबार एक कार्यक्रम गरी एनएमबी वैँक र फोनपेले क्यूआर कोडबाट आर्थिक कारोबार सुरु गरेर डिजिटल आर्थिक कारोबारको विशेष अभियान थालनी गरेको हो ।

नेपाल राष्ट्र वैँकका निर्देशक(डिजिटल प्रमुख) गुरुप्रसाद पौडेल, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, एनएमबी वैँकका प्रमुख कार्यकारी अधिकृत सुनील केशी र फोनपेका प्रमुख कार्यकारी अधिकृत विवश सापकोटा, मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा, फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले शुक्रबार मनकामना मन्दिरको खातामा क्यूआर कोडबाट पैसा जम्मा गरेर यो सेवाको आरम्भ गरेका हुन् ।

मोबाइलको क्यूआर कोडबाट आर्थिक कारोबार गर्दा पैसाको भौतिक प्रयोगबाट आइपर्ने झञ्झटबाट मनकामनाबासी तथा यहाँ आउने भक्तजन, पर्यटकलाई सुविधा पुग्ने राष्ट्र वैँकका निर्देशक पौडेलले बताए । पैसा बोक्नुपर्दा आइपर्ने झञ्झट, चोरिने, लुटिने त्रासबाट मुक्त हुने भन्दै उनले डिजिटल आर्थिक कारोबार ९९ दशमलब ९९ प्रतिशत सुरक्षित हुने दाबी गरेका थिए ।

त्यस्तै गाउँपालिका प्रमुख रमेश थापाले डिजिटल आर्थिक कारोबार गर्न पाउँदा खुद्रा पैसा लेनदेनमा समेत चुस्त हुने हुँदा कोही पनि ठगिनु नपर्ने र सफा कारोबार हुने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार