• बिहिबार, साउन २१ २०८३

गोरखामा सवारी कारबाहीबाट २६ लाख राजश्व संकलन


शुक्रबार, पुष १ २०७९
740
Shares

सुदिप श्रेष्ठ

गोरखा । गोरखामा सवारी साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ ।

चालु वर्षको साउदेखि मंसिर मसान्त सम्ममा ३ हजार ७५० वटा सवारी साधनलाई कारबाही गर्दा २६ लाख २६ हजार ट्राफिक राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ८५० वटा सवारी साधानलाई कारवाही गर्दा ६० लाख २९ हजार ५०० ट्राफिक राजश्व संकलन भएको थियो । गत वर्षमा भने १२ हजार २०० वटा सवारी साधनलाई कारबाही गर्दा ७२ लाख ९८ हजार राजस्व उठेको थियो ।

गत वर्षको तथ्यांक हेर्दा चालु वर्ष ट्राफिक राजस्व घट्न सक्ने जिल्ला ट्राफिक कार्यालय गोरखाकाका प्रहरी नायब निरीक्षक बेदनाथ भण्डारीले जानकारी दिए ।

ट्राफिक कार्यालय गोरखाले चालुवर्षको साउनमा ६५० वटा सवारीलाई कारबाही गर्दा ४ लाख ४५ हजार ,भदौमा ७५० लाई कारबाही गर्दा ५ लाख २५ हजार ५ सय, असोजमा ८सयलाई कारबाही गर्दा ५ लाख ५० हजार ५ सय, कात्तिकमा ८ सयलाई कारबाही गर्दा ५ लाख ६५ हजार ५ सय र मंसिरमा ७५० सवारी साधनलाई कारबाही गर्दा ५ लाख ४३ हजार ५ सय ट्राफिक राजस्व संकलन गरेको हो ।

चालु वर्षको कात्तिक महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको ट्राफिक नायब निरीक्षक भण्डारीले बताए । पर्यटकीय जिल्ला गोरखाको दुर्गम ठाउहरुमा सडकको पहुँच सहज हुँदै जान थालेपछि जिल्लाबाहिरबाट उल्लेख सवारी साधन गोरखा भित्रिने गरेका छन् ।

ट्राफिक कार्यालय गोरखाले ट्राफिक नियम उलंघन गरी सवारी चलाउने चालक, सवारी चालक अनुमति पत्र प्राप्त नगरी चलाउने चालक, तीब्र गतिमा सवारी चलाउने चालक, हेलिमेट नलगाउने र नम्वर प्लेट नराखि चलाउने चालक, क्षमताभन्दा बढी यात्रु राखी सवारी चलाउने, प्रयोजन विपरीत सवारी चलाउने र सवारी साधनको आवश्यक कागजात नलिई सवारी चलाउने, निर्धारीत भाँडा भन्दा बढि भाँडा लिइ सवार चलाउने लगायतलाई जरिवाना रकम लिएर कारबाही गर्ने गरिएको छ ।

उठेको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने ट्राफिक कार्यालय गोरखाको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार