• बिहिबार, साउन २१ २०८३

गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?


शुक्रबार, पुष १ २०७९
785
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि  अहिले बिहान तराई भूभागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ । 

आज दिउँसो प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार