• बिहिबार, साउन २१ २०८३

नायक पुष्प र मोडल समारिकाको ‘सहरमा एउटा हल्ला’


शुक्रबार, पुष १ २०७९
950
Shares

नायक पुष्प खड्का र मोडल समारिका ढकालले अभिनय गरेको एउटा गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। गायक ज्वालाराम शर्माको नयाँ गीत ‘सहरमा एउटा हल्ला’मा पुष्प र समारिकाको जोडीलाई प्रस्तुत गरिएको हो। 

गीतमा डा. राजुबाबु श्रेष्ठका शब्द तथा अनिश श्रेष्ठको संगीत सुन्न सकिन्छ। प्रेमिल भावको उक्त गीतमा गुरुङ कुमारको संगीत संयोजन छ।

म्युजिक भिडिओ निर्देशन निकेश खड्काले गरेका छन्। बुद्ध थापाको छायांकन रहेको भिडिओको दृश्य सम्पादन विकास धमलाले गरेका छन्। 

म्युजिक भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार