• बिहिबार, साउन २१ २०८३

पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइयो


शुक्रबार, पुष १ २०७९
1.3K
Shares

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज शुक्रबार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए।

उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताए।

उनले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए। ‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको रुपमा लिएको छ,’ उनले भने, ‘त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ। झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो। राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार