• आइतबार, साउन ३१ २०८३

मलेसियामा एकैदिन कोभिड १९ बाट १२ सयभन्दा बढी सङ्क्रमित


शुक्रबार, पुष १ २०७९
655
Shares

मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

तीमध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ । यस समयमा कोरोना सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

यस अवधिमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरूको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार