• बिहिबार, साउन २१ २०८३

बूढी गण्डकी जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग


शुक्रबार, पुष १ २०७९
730
Shares

गोरखा । गोरखा र धादिङ्गको सिमानामा रहेको बूढी गण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको छ । 

चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।

आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेस गर्न भनिएको छ । 

कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री-५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ । सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढी गण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार