• बिहिबार, भाद्र २५ २०८३

शहिद लखनमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु


शुक्रबार, पुष १ २०७९
845
Shares

गोरखा । शहिद लखन गाउपालिकामा बिहिवारदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय गोरखाबाट खटिएका टोलीले गाउँपालिकाको समन्वयमा उक्त अभियान सुरु गरेको हो ।

बिहिवार गाउपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले अभियान अन्तर्गत सातवटा वडामा दुईवटा स्टेशन राखी राष्ट्रिय परिचयपत्र संकलन अभियान संचालन भइरहेको र बाँकी दुई वटा वडामा पनि छिटै टोली तयारीमा रहेको बताए ।

शुक्रबारबाट संचालन भएको सो अभियान १२ दिनसम्म संचालन हुनेछ । पालिकाले तय गरेको स्थानमा रहेर टोलीले काम गर्ने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष थापामगरको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, प्रशासकीय अधिकृत हिमलाल चापागाई, वडाअध्यक्ष, वडा सचिव, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार