• बिहिबार, साउन २१ २०८३

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले दिए राजीनामा


बिहिबार, मंसिर २९ २०७९
725
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।

भारतीय प्रशिक्षक प्रभाकरले डिसेम्बर १५ (आजै)देखि लागू हुनेगरी राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

गत साउन राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका प्रभाकरको नेतृत्वमा अपेक्षित नतिजा ल्याउन नेपाल असफल रह्यो। दुई साताअघि मात्रै नामिबिया शृंखलामा नेपाल जितविहीन भएको थियो।

सोही निराशाजनक नतिजाको परिणाम स्वरुप प्रशिक्षक प्रभाकरले राजीनामा दिएको करिब निश्चित छ। नेपाली क्रिकेटको नियामक निकाय क्यानले उनको राजीनामा स्वीकृत गरेकोसमेत जानकारी दिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार