• बिहिबार, साउन २१ २०८३

शहिद लखन ५ को वडा कार्यालय आफ्नै भबनमा


बिहिबार, मंसिर २९ २०७९
1.5K
Shares

गोरखा । गोरखाको शहीदलखन गाउपालिकाको बडा नं ५ ले आफ्नै भवनमा सेवा सुरु गरेको छ ।

नव –निर्मित भवनको बुधवार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गरेका हुन् ।

भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मगरले नवनिर्मित वडा कार्यालयबाट नागरिकहरु छिटोछरितो सेवा सुबिधा प्राप्त गर्ने बिश्वास व्यक्त गरे ।

पालिका भित्रका सवै नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउन गाउँपालिका प्रतिबद्ध भएर काम गर्दै आएको उनले बताए ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडाध्यक्ष, गाउँकार्यापालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

कुल ६३ लाख ९८ हजार ७ सय ७५ रुपैया ९८ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार