गोरखा । गोरखा नगरपालिकाले चालु वर्षको चार महिनामा १ करोड १० लाख ३७ हजार ३७५ रुँपैया राजस्व संकलन गरेको छ ।
नगरपालिका राजस्व शाखाका प्रमुख किरण बाबु कट्टेलका अनुसार सम्पती कर, मालपोत र भूमिकर, बाल कर, नक्सा पास सिफारिस दस्तुर लगायतबाट राजस्व संकलन गरेको हो ।
व्यबसाय करबापत १६ लाख ६८ हजार ३०, सम्पत्ति करबापत १३ लाख ५८ हजार ८०५, मालपोत र भूमिकरबापत १३ लाख ५१ हजार २२९ राजस्व संकलन भएको उनले बताए ।
बाल करबाट १३ लाख ११ हजार ४५६ व्यबसाय करबाट १६ लाख ६८ हजार ३०, नक्सापास दस्तुरबाट ५ लाख ३७ हजार ६३०, सिफारिस दस्तुरबाट २२ लाख ५२ हजार ३९६संकलन भएको छ । अन्य राजस्व २५ लाख ्६८ हजार १२९ संकलन भएको उनको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड ७८ लाख ३४ हजार २७४ रुँपैया राजस्व संकलन गरेको थियो ।


