• बिहिबार, साउन २१ २०८३

ज्येष्ठ नागरिक गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ चयन


बिहिबार, मंसिर २९ २०७९
675
Shares

गोरखा। ज्येष्ठ नागरिक संघ गोरखाको अध्यक्षमा मोहनलाल श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्।

सदरमुकाममा बुधवार सम्पन्न भएको छौठौं साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा दिलबहादुर बस्नेत, सचिवमा बोधप्रसाद अधिकारी, सहसचिवमा तुलसा मरहट्टा र कोषाध्यक्षमा जुनुमाया श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा ध्रुव कुवर, जगन सिं गुरुङ, ईश्वर बस्नेत, अर्जुन बस्नेत, ईन्द्रबहादुर भट्ट र निर्मला श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

संघका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार