• बिहिबार, साउन २१ २०८३

मुस्ताङमा शैक्षिक भ्रमण गएका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु


बिहिबार, मंसिर २९ २०७९
1.5K
Shares

मुस्ताङ । गुल्मीबाट शैक्षिक अवलोकनका लागि मुस्ताङ गएका एक विद्यार्थीको मङ्गलबार बसको ढोकाबाट खसेर मृत्यु भएको छ।

वाराजुङ मुक्तिक्षत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिकै गुडिरहेको ना १ ख ७६८३ नम्बरको बसबाट खसेर बिहान करिब ९ बजे गुल्मी घर भएका १९ वर्षीय मेखबहादुर परियारको मृत्यु भएको हो।

परियार बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानका लागि बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार