• बिहिबार, साउन २१ २०८३

एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


बुधबार, मंसिर २८ २०७९
790
Shares

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुन-चाँदीको मूल्य बढेकाले त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरू बताउँछन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार