• बिहिबार, साउन २१ २०८३

दुई जनालाई आर्थिक पत्रकारिता पुरस्कार


बुधबार, मंसिर २८ २०७९
1.2K
Shares

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो १३औँ वार्षिक साधारण सभाका अवसरमा २ पत्रकारलाई ‘भरतमोहन अधिकारी आर्थिक पत्रकारिता पुरस्कार’ दिएको छ। 

बुधबार बिहान आयोजित उद्घाटन कार्यक्रममा नाफिजले ५०/५० हजार राशिका पुरस्कार शिलापत्रकी सम्झना घिमिरे र विकासन्युजका सन्तोष रोकायलाई हस्तान्तरण गरेको हो। 

भरतमोहन अधिकारी फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले पुरस्कारले आर्थिक र खोज पत्रकारिता गर्न प्रोत्साहन मिल्ने बताएकी छन्। 

भरतमोहन अधिकारी ९ महिना अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ अभियान, सामाजिक सुरक्षा भत्ता वितरण लगायत कार्यक्रमले चर्चित छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार