बिहीबार २ सय १२ जना सांसदसहित ४४१ जनाको कोरोना परीक्षण गरिएको छ ।
परीक्षणमा प्रतिनिधि सभातर्फका १ सय ७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।
प्रतिनिधि सभामा २ सय ७५ जना सांसद छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् ।
बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि शुक्रबार बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।
संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ ।