• बिहिबार, साउन २१ २०८३

क्रोएसियामाथि ३-० को जित निकाल्दै अर्जेन्टिना फाइनलमा


बुधबार, मंसिर २८ २०७९
1.2K
Shares

अर्जेन्टिना साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

कतारको लुसैल रंगशालामा भएको खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस्तै, ३९ औं मिनेटमा आल्भारेजले अर्जेन्टिनाको लागि अग्रता दोब्बर पारे। आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उनले उत्कृष्ट ‘सोलो’ गोल गरे।

पहिलो हाफमा नै २-० को अग्रता लिएको अर्जेन्टिनाका लागि खेलेको ६९ औं मिनेटमा लियोनल मेस्सीले बक्सभित्रबाट निकालेको बललाई आल्भारेजले टच गर्दै जाली चुमाउन सफल बने।

जितसँगै अर्जेन्टिना फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार