• बिहिबार, साउन २१ २०८३

चेपे ए जलविद्युत आयोजना तोडफोडमा संलग्न ८ जनाबिरुद्ध जाहेरी


मंगलबार, मंसिर २७ २०७९
1.4K
Shares

गोरखा । चेपे ए जलविद्युत आयोजनाको कार्यालय तथा सवारी साधन तोडफोड र आगजनी गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी परेको छ ।

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा बन्न लागेको चम्पावती हाईड्रोपावर तोडफोड र आगजनी गरेको भन्दै ८ जनाबिरुद्ध सो कम्पनीका इञ्जिनियर हरिकृष्ण पौडेलले सोमबार जाहेरी दर्ता गराएका हुन् ।

स्थानिय जनप्रतिनिधी सहित राजनितिक दलका नेता कार्य कर्ता सामाजिक अगुगाहरु रहेको प्रहरीले जनाएको छ । चम्पावती हाईड्रोपावरले ३० करोड क्षतीपूर्ती माग गर्दै जिल्ला प्रहरी कार्यालय गोरखामा सोमवार उजुरी दर्ता गरेको छ ।

भवन, फर्निचर, सवारी साधनलगायतका भौतिक संरचनामा भएको क्षतिको तीन करोड ४० लाख र आयोजनाको निर्माणमा हुन गएको ढिलाइबाट बढ्न जाने लागत, उत्पादन ढिलो हुँदा हुन जाने घाटा सहित ३० करोड क्षतिपूर्ति माग दाबी गरिएको प्रहरीले जनाएको छ ।

लमजुङको राईनास नगरपालिकास्थित राईनासटारको करिब १२०० हेक्टर खेतमा सुख्खा लाग्ने भन्दै गत शनिबार पाँचसय जना भन्दा धेरै किसानहरुले गोरखाको सिरानचोक गाउँपालिका २ मा रहेको कार्यालय भवन र अन्य संरचनामा तोडफोड तथा आगजनी गरेका थिए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ईपन ले राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारी पश्चात घटाईएको यस्तो उत्सृङ्खल तथा अराजक धटनाको इप्पल घोर भत्सना र निन्दा गरेको छ । साथै हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संबाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ ईप्पान जोड दिन चाहेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको छ । एक पक्षीयढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका उच्श्रृङ्खल, अराजक र उदण्ड गतिबिधि हुने गरेका छन् ।

यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार