• शनिबार, साउन ९ २०८३

विरगंजमा देखियाे १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो


बुधबार, बैशाख २४ २०७७
1K
Shares

पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पाेजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिनाको शिशुदेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको बताए।

संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ। कुल संक्रमितमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार