गाेरखा । गाेरखा नगरपालिका ९ लक्ष्मि बजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पस गोरखाको संचालक समितिको अध्यक्षमा शित्तल काजी मास्के चयन भएका छन् ।
क्याम्पसको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले संचालक समितिको अध्यक्षमा मास्केलाई चयन गरेको हो । शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमशः ईश्वर काजी मास्के, नन्द लाल बगाले, चूडामणि कार्की, बद्री अर्याल, मिरा पुडासैनी निर्वाचित भएका हुन् ।