साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो ।
त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।
फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।
क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।


