• बिहिबार, साउन २१ २०८३

दाबेदार राष्ट्र पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा


आइतबार, मंसिर २५ २०७९
1.1K
Shares

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज भएको मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल खेलमा मोरक्को १-० ले बिजयी भएको छ।

पहिलो हाफको ४२ औं मिनेटमा मोरक्कोका युसुफ एन नेसरीले हेडरमार्फत गोल गरेका हुन्।

अत्यन्त रोमाञ्चक बनेको आजको खेलमा पोर्चुगलले कयौं प्रयास गरेपनि गोलमा परिणत गर्न सकेन। भने, मोरक्को दुई पटकसम्म वान भर्सेस वान हुँदा पनि गोल गर्न असफल बन्यो।

मोरक्को खेलको उत्तरार्धमा १० खेलाडीमा सिमित बनेको थियो। जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार