सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेकाे हाे।
त्यस्तै सरकारले अन्तर्राष्ट्रिय उडान र सीमाना नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमाना बन्द गर्ने निर्णय गरेको हो।