• शुक्रबार, भाद्र २६ २०८३

आजको मौसम पूर्वानुमान !


आइतबार, मंसिर २५ २०७९
840
Shares

देशका अधिकांश स्थानको मौसम आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ।
आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।

राती लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार