गोरखा। गोरखामा १३ हजारभन्दा बढीले मुटु परीक्षण गराएका छन् ।
रोटरी क्लव अफ गोरखा, गोरखा अस्पताल, रोट्रयाक्ट क्लब अफ गोरखा इन्ट्रयाक्ट क्लब अफ ओल्ड क्यापिटलको आयोजना तथा सेभ द हर्ट, मनमोहन कार्डियोभास्कुलर तथा टूान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
मंसीर २३ र २४ गते गोरखा अस्पतालमा भएको निशुल्क मुटु परीक्षणमा करीब १२ हजार बिद्यार्थी र एकहजार १७ जना सर्बसाधारणको मुटु परीक्षण गरीएको रोटरी क्लवका अध्यक्ष कृष्ण ढकालले बताए । उनका अनुसार शिविरमा इसिजी, इको परीक्षण लगाएत अन्य सेवा लिएका थिए ।
परीक्षण गराएका मध्य ३६ जनाकाे मुटुको सल्यक्रिया गर्नुपर्ने उनको भनाई छ । शल्यक्रिया गर्नुपर्ने बिरामीको कुरुवा र बिरामीलाई पनि आतेजाते खर्च, बस्ने खाने ब्यवस्था समेत क्लवले जोहो गरिदिने उनले बताए ।
ढकालले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताए । आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताए ।
यसैगरि शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ३० जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए भने गोरखा अस्पतालका १२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहयोगमामा परीक्षण भएको थियो ।
शिविर संचालनका लागि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेनथापा गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।



