• बिहिबार, साउन २१ २०८३

इच्छाकामना न्यूजद्वारा गोरखाका पत्रकार भीमलाल श्रेष्ठ सम्मानित


आइतबार, मंसिर २५ २०७९
770
Shares

गोरखा । इच्छाकामना न्यूजद्वारा गोरखाका पत्रकार भीमलाल श्रेष्ठ सम्मानित भएका छन् ।

शनिवार सम्पन्न इच्छाकामना न्यूज डटकमको पाचौँ वार्षिकोत्सवले गोरखाका पत्रकार भीमलालसहित छ जना सम्मानित भएको कार्यकारी सम्पादक चित्र गुरुङले जानकारी दिए ।

स्मारिका बिमोचन एवं सम्मान कार्यक्रमसहित कुरिनटारस्थित सिद्धार्थ रिसोर्टमा वार्षिकोत्सव मनाइएको कार्यकारी सम्पादक गुरुङले बताए ।

इच्छाकामना न्यूज डटकमका सम्पादक देवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रदेश सांसद कृष्ण प्रसाद सिलवाल, चितवन जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार