• शुक्रबार, भाद्र २६ २०८३

भच्चेक बजारको सौन्दर्यमा क्षति पुग्ने काम नगर्न अजिरकोट गाउँपालिकाको निर्देशन


शुक्रबार, मंसिर २३ २०७९
785
Shares

गाेरखा । भच्चेक बजारको सौन्दर्यमा क्षति पु¥याउने गतिविधि नगर्न अजिरकोट गाउँपालिकाले निर्देशन दिएकाे छ ।

बुधवार बजार अनुगमन तथा बजार क्षेत्र व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै गाउँपालिकाले पर्यटकिय भच्चेक बजार क्षेत्रको सौन्दर्यकरण, पर्यटन प्रवद्र्धन, बजार व्यवस्थापनका तथा राजस्व वृद्धि गर्न सो निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले १५ दिने सूचना जारी गर्दै जथाभावी राखिएका त्यस्ता सामाग्रीहरु हटाउन पनि निर्देशन दिएको छ ।

सडक भित्र पिच भागमा सवारी साधन पार्किङ गर्न नपाइने, रात्री कालिन पार्किङ बसपार्कमा गर्नुपर्ने, सडकमा निर्माण सामाग्री राख्न नपाइने, सडकमा सवारी साधन धुन तथा सरसफाई गर्न नपाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताए ।

म्याद नाघेका खाद्य बस्तु तथा निर्माण सामग्री बिक्री वितरण गर्न नपाइने, व्यवसाय दर्तामा भएको होर्डिङ बोर्ड तथा मूल्यसूची अनिवार्य राख्नुपर्ने र घरनक्सा पासको प्रावधान लागू नभएसम्म दत्तेदेखि नम्की गेटसम्म नयाँ संरचना निर्माणगर्दा अनिवार्य गाउँपालिकाको सहमति, स्वीकृत लिनुपर्ने सुचनामा उल्लेख छ ।

पालिकाले दिएको निर्देशनको अटेर गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार