नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६ सय रूपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।