• बिहिबार, साउन २१ २०८३

फ्राइडे रिलिजः हलमा ‘डेसान’ र ‘सोल अफ द कमान्डो’


शुक्रबार, मंसिर २३ २०७९
885
Shares

आज शुक्रबार हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

हलमा नम्रता सापकोटा अभिनीत फिल्म ‘डेसान’ र राजकुमार राई अभिनीत फिल्म ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा आएका हुन्।

कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’ मा नम्रतासँगै निशान चौहान, पुनम थापा, भोला सापकोटा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी, अरुश जंग सरु, मलाइका बस्नेत, प्रमिशा सरु, कमला रानालगायत कलाकारको अभिनय छ। पुनम र निशानको यो डेब्यू फिल्म हो।

राज थापा काउचाको कथा रहेको फिल्मको पटकथा निर्देशक कमल स्वयंले लेखेका हुन्। फिल्ममा विवाहेत्तर सम्बन्धले वैवाहिक जीवनमा आउने उतारचढाबलाई देखाइएको छ।

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा बनेको फिल्ममा कृशाला मगर कार्यकारी निर्माता रहेकी छन्। चक्रबहादुर महर्जनले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

युवराज राईले निर्देशन गरेको फिल्म ‘सोल अफ द कमान्डो’ मा राजकुमारसँगै शिशिर वांगदेल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनिका राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा मिलन राईले तयार पारेका हुन्।

राजकुमार राईले २४ वर्षपछि फिल्म ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन गरेका हुन्। उनले सन् १९९८ मा फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकाको रुपमा काम गरेका थिए। अहिले पनि उनलाई मुख्य भूमिकामा नै देख्न सकिन्छ।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन्। 

दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन्।

यतिबेला हलमा महापुरुष, दृश्यम २, भेडिया, उचाई, ब्ल्याक प्यान्थरः वाकाण्डा फरेभर प्रदर्शन भइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार