• बिहिबार, साउन २१ २०८३

माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ? 


शुक्रबार, मंसिर २३ २०७९
915
Shares

माया खोला हाइड्रोपावरले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख रुपैयाँ बराबरबो १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि जारी गर्न गरेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४,५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गरेको छ।

त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गरेको छ।  

त्यस्तै, सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।

दुबै समूहका लगानीकर्ताले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा स्थानीयले भने पुस २४ आवेदन दिन सक्ने व्यवस्था छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

उक्त सेयरको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था छ।

कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउँछ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार