गोरखा । उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध रहेको मोबाइल फोन सेवा सुचारु भएको छ । बिहिवार दिउँसोदेखि मोबाइल फोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
धार्चे गाउँपालिकाको केरौँजा स्थित मुख्य टावरमा बिजुली बत्ती आपूर्ति नहुँदा मोवाईल फोन सेवा अवरुद्ध भएको थियो । लघुजलविद्युत आयोजना बिग्रिएपछि गाउँमा पनि विद्युत सेवा बन्द भएको र टावरमा पनि समस्या आएको थियो । ‘टावरमा बिजुली नहुँदा सेवा अवरुद्ध भएको थियो’, नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले भने, ‘विद्युत सेवा आपूर्ति भएपछि बिहिवारबाट फोनसेवा सुचारु भएको छ ।’
लघु जलविद्युत बन्द हुँदा टावरमा रहेको ब्याटूीबाट करिब ८ घण्टा मात्रै मोवाईल संचालन हुन्छ । त्यसपछि बत्ती नहुँदा सेवा अवरुद्ध हुने टेलिकम गोरखाले जनाएको छ । छिट्टै केरौँजाको टावरमा सोलार जडान गर्ने तयारी भएको टेलिकम शाखा प्रमुख श्रेष्ठले बताए ।
टावर अवरुद्ध हुँदा आफन्तसँग कुराकानी गर्न, सन्चो बिसन्चो सोध्न नपाएको, कोहीलाई बोलाउन प¥यो भने घरमै जानुपर्ने, बाध्यता भएको र फोनमा कुरा गर्न नपाएको गुनासो स्थानीयको थियो ।


