गोरखा। गोरखाको शहिद लखन गाँउपालिकामा आजदेखी निशुल्क आँखा शिविर सुरु भएको छ ।
गाउँपालिकाको आयोजना र लायन्स आखा उपचार केन्दको प्राबिधिक सहयोगमा आँखा शिविर सुरु भएको हो ।
पालिका भित्रका आँखाका समस्य भएका सबै नागरिकहरुमा आँखा उपचार सेवा पुर्याउने लक्ष्यका साथ शुक्रबारदेखि आँखा शिविर सञ्चालन गरिएको पालिकाका जनस्वास्थ्य निरिक्षक बिरेन्द्र श्रेष्ठले बताए ।
शुक्रवारबाट सुरु भएको शिविरका लागी सूचना मार्फत पलिका भित्रका सबै वडामा शिविर हुने स्थान र समय पनि तोकिदिएको श्रेष्ठले बताए ।
पहिलो दिन आज वडा नं १ को बक्राङ स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी शिविर सुरु भएको जनाएको छ ।
यस्तै दोस्रो दिन भोली २४ गते वडा नं २ को मनकामना आधारभुत स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखि ३ बजेसम्म, २५ गते वडा नं ३ को मनकामना स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी ३ बजे सम्म, २६ गते वडा नंं ४ को ताक्लुङ स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी ३ बजे सम्म, २७ गते वडा नंं ५ को ताक्लुङ आधारभुत स्वास्थ्य केन्द्मा बिहान १० बजेदेखी ३ बजे सम्म, २८ गते वडा नं ६ घैरुङ स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी ३ बजे सम्म, २९ गते वडा नं ७ बुंकोटमा बिहान १० बजेदेखी ३ बजे सम्म, १ गते वडा नं ८ को बुंकोट आधारभुत स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखी ३ बजे सम्म, २ गते वडा नं ९ को नाम्जुङ स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी ३ बजे सम्म शिविर हुने सूचनामा उल्लेख छ ।
