• बिहिबार, साउन २१ २०८३

फिस्लिङमा गाडीसँग मोटरसाइकल ठोक्किँदा जर्मन नागरिकको मृत्यु


बिहिबार, मंसिर २२ २०७९
775
Shares

चितवनमा मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै काठमाडौंबाट मुग्लिन जाँदै गरेको बाइक र विपरीत दिशाबाट आउँदै गरेको गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको गाडी ठोक्किएका हुन्। 

दुर्घटनामा घाइते भएका जर्मन नागरिक माइकल मेएर ओल्बरस्लेबेनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

गाडीका चालक २१ वर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना घाइतेको उपचार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार