• बिहिबार, साउन २१ २०८३

मौसम : २४ घण्टाका लागि चेतावनी


बिहिबार, मंसिर २२ २०७९
835
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) प्रदेश १ का साथै देशका पहाडी भेगका थोरै स्थानमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा छ। 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राति प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर दिनप्रतिदिन चिसो बढिरहेको उल्लेख गर्दै महाशाखाले आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

उनका अनुसार आज कतै हिमपात वा वर्षाको सम्भावना छैन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार