• बिहिबार, साउन २१ २०८३

प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री ?


बिहिबार, मंसिर २२ २०७९
740
Shares

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। 

बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार