• सोमबार, साउन ११ २०८३

थप ९ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज


बुधबार, मंसिर २१ २०७९
715
Shares

 थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १६८३ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८०३ र एन्टिजेनबाट ८८० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १६ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार