गोरखा। गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा मंसिर २४ गते शनिबार निः शुल्क आँखा परीक्षण शिविर हुने भएको छ ।
पालिकाले आज एक सूचना जारी गर्दै शिविरबारे जानकारी दिएको हो । शिविर शनिवार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हुने पाँचखुवा देउरालीको स्वास्थ्य चौकी प्रमुख भिमसेन धितालले जानकारी दिए ।
नेपाल नेत्रहीन संघ पुनस्थापन कार्यक्रम गोरखा र नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवनको आयोजना तथा पाँचखुवा देउराली स्वास्थ्य चौकीको सहयोगमा शिविर हुन लागेको गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले बताए ।



