• बिहिबार, साउन २१ २०८३

विश्वकप लक्षित र्‍याप गायन प्रतिस्पर्धा ‘भकुण्डो ब्याटल फेस्ट’ हुँदै


बुधबार, मंसिर २१ २०७९
950
Shares

कतारमा जारी फिफा विश्वकप फुटबलप्रति दर्शकको चासोलाई ध्यानमा राख्दै र्‍याप गायन प्रतिस्पर्धा ‘भुकण्डो ब्याटल फेस्ट’ आयोजना हुने भएको छ ।

तीन चरणमा ब्याटल गरिने यो प्रतिस्पर्धामा र्‍यापर मानस घले जजको रुपमा हुनेछन् । अर्का र्‍यापर भोयोमा सञ्चालक हुने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आरएनएस क्रिएसनले आयोजना गर्ने कार्यक्रममा प्रतियोगीले फुटबल खेलाडीहरु पेले, म्याराडोना, मेसी, रोनाल्डोसहित विश्वकपमा प्रतिस्पर्धा गरिरहेका देशहरु ब्राजिल र अर्जेन्टिनालाई समर्थन गर्दै र्‍याप गीत प्रस्तुत गर्नेछन् ।

प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (म्याराडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् । प्रतिस्पर्धाको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् ।

दर्शकको भोटको आधारमा प्रतियोगी पहिलो, दोस्रो र तेस्रो हुनेछन् । दर्शकको भोटको आधारमा विजेता छनोट गरिने भएको छ ।

विजेताले २५ हजार र सहभागीले १० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । अन्तिम नतिजा विश्वकप फाइनलको एक दिन अगाडि हुनेछ । यो कार्यक्रम डिशहोम र युटयुबमा हेर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार