• सोमबार, साउन ११ २०८३

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो


मंगलबार, मंसिर २० २०७९
555
Shares

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै, ८५ हजार ८१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना महामारी सुरु भएका यता नेपालमा पीसीआर विधिबाट १० लाख ९१२ तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ९ लाख ८८ हजार ८१४ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार