• बिहिबार, साउन २१ २०८३

अभिनयमा फर्किए रामचन्द्र अधिकारी


मंगलबार, मंसिर २० २०७९
1.2K
Shares

कलाकार रामचन्द्र अधिकारी अभिनयमा फर्किएका छन् । करिब तीन महिना अगाडि ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् । 

ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार ‘मेरी बास्सै’ को सुटिङ गरेको अधिकारीले बताए । ‘पहिले भन्दा अहिले स्वास्थ्य अवस्था एकदमै ठीक छ । कमजोरी फिल भने भएको छ’ अधिकारीले भने, ‘बिहानै सुटिङमा जान समस्या छ । खान खानु अगाडि एउटा इन्जेक्सन दिनुपर्छ । अन्य केही समस्या छैन ।’ अव नियमित अभिनय गर्ने उनले जानकारी दिए ।

अधिकारी बिरामी परेको कारण ‘मेरी बास्सै’ले उनको अभाव दर्शकलाई महसुस नहोस् भनेर बडाकाजीको रोलमा पाका कलाकार मुकुन्द श्रेष्ठ भित्र्याएको थियो । कान्छीले भने केही कथा परिमार्जन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार